Dhulikhel Eco Banner new

द व्हाइट माउन्टेन स्कुलको ५ दिने खेल सप्ताह सम्पन्न

3.9K
shares

काठमाडौं, १ माघ । टोखास्थित द व्हाइट माउन्टेन स्कुलको ५ दिने खेल सप्ताह सम्पन्न भएको छ । पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडुको प्रमुख अतिथी,टोखा नगरपालिका ६ कि वडाध्यक्ष्य शान्ता पौडेलको विशेष अतिथी रहेको उक्त कार्यक्रममा विद्यालयका संस्थापक तिलक शर्मा पौडेलको सभापतित्वमा सम्पन्न भएको हो ।

पुस महिनाको २१ गते देखि २५ गते सम्म विविध खेल कार्यक्रम सञ्चालन भएको थियो । खेल कार्यक्रमबाट विद्यार्थीहरुमा नेतृत्व विकास क्षमता वृद्धि हुनुका साथै विभिन्न खेलका सिपहरुको जानकारी प्राप्त गर्ने अवसर प्रदान गरे। बिजेता खेलाडीहरुलाइ पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

द व्हाइट माउन्टेन स्कुल निजि रुपबाट सञ्चालित स्कुल हो। जसले शिक्षाको माध्यमबाट देश विकासमा महत्त्वपूर्ण योगदान दिईरहेको छ। यस विधालयमा करिब चार सय विद्यार्थी अध्यायनरत रहेका छन्।

शान्त ठाँउमा अवस्थित,आम अभिभावकको रोजाईमा परेको यसविद्यालय गुणस्तरीय शिक्षाको पर्याय बनेको छ। बालमैत्री वातावरण,बालमनोविज्ञान अनुसार शिक्षण गरिने,अनुभवी र दक्ष शिक्षकहरु हुदा द व्हाइट माउन्टेन स्कुल सबैको रोजाईमा रहेको  छ।