महानगरले सडकपेटीको कर्बस्टोन भत्काउनेलाई तिरायो जरिवाना
वि.सं.२०८१ माघ १ मंगलवार १३:२९
2.35K
shares
shares

काठमाडौं, १ माघ । काठमाडौं महानगरपालिकाले सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै एक घर धनीलाई जरिवाना तिराएको छ ।
महानगरपालिका १७ स्थित सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै महेश सिंखडालाई महानगर प्रहरी बलले १० हजार जरिवाना तिराएको हो ।
नयाँ घर बनाउन प्रयोग गरिने सामग्री ढुवानीका क्रममा सडकपेटीको कर्बस्टोन भत्किएको पाइएकोले कारबाही स्वरूप जरिवाना गरिएको महानगरले जनाएको छ ।



















