Dhulikhel Eco Banner new

पाँच महिनाको मूनाफामा नविल बन्यो नम्बर वान, कुन बैंकले कति कमाए ?

2.72K
shares

काठमाडौं, १ माघ । चालु आर्थिक वर्षको पाँच महिनामा वाणिज्य बैंकहरुले ३० अर्ब २४ करोड नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मंसिरसम्मको तथ्यांकअनुसार हाल सञ्चालनमा गरेका २० वटा वाणिज्य बैंकहरुले ३० अर्ब २४ करोड ७ लाख कमाएका हुन् ।

यो अवधिसम्म नबिल बैंकले सर्वाधिक नाफा ३ अर्ब ४९ करोड कमाएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकले २ अर्ब ८३ करोड, नेपाल इन्भेस्टमेन्ट बैंकले २ अर्ब ४९ करोड, कुमारी बैंकले १ अर्ब ९९ करोड तथा प्राइम कमर्शियल बैंकले १ अर्ब ९६ करोड, एभरेष्ट बैंकले १ अर्ब ९४ करोड तथा एनएमबि बैंकले १ अर्ब ९० करोड रुपैयाँ बराबरको नाफा कमाएका छन् ।

समीक्षा अवधिसम्म प्रभु बैंक १ अर्ब ८३ करोड, लक्ष्मी सनराइज बैंक १ अर्ब ६४ करोड, नेपाल बैंक १ अर्ब ५१ करोड, स्टाण्डर्ड चार्टर्ड चार्टर्ड बैंक १ अर्ब ३७ करोड, नेपाल एसबीआई बैंक १ अर्ब ३४ करोड, हिमालयन बैंक १ अर्ब ३३ करोड नाफा कमाएका छन् ।

त्यस्तै, सिद्धार्थ बैंक ९७ अर्ब ९० करोड, सानिमा बैंक ९० करोड ४१ लाख, राष्ट्रिय वाणिज्य बैंक ८६ करोड ७१ लाख, माछापुच्छ्रे बैंक ८२ करोड ७४ लाख, सिटिजन्स बैंक ६९ करोड ४९ लाख, एनआईसी एशिया बैंकले ६ करोड ३३ लाख नाफा कमाएको छ भने कृषि विकास बैंक ३ करोड ५२ लाख रुपैयाँ नोक्सानमा रहेको देखिएको छ ।