Dhulikhel Eco Banner new

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस शेयर घोषणा

4.3K
shares

काठमाडौं, ६ माघ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको शुक्रवार बसेको बैठकको निर्णयले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७९।०८० को वितरणयोग्य मुनाफाबाट १४ प्रतिशत बोनश शेयर प्रस्ताव गरेको हो ।

प्रचलित कानुनी व्यवस्था बमोजिम बोनस शेयरमा लाग्ने कर बापतको रकम स्वयं शेयरधनीहरुले भुक्तानी गर्नुपर्ने प्रस्ताव कम्पनीले गरेको छ ।

नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारणसधाबाट पारित भएपश्चात उक्त प्रस्तावित लाभांश शेयरधनीहरुले पाउने कानुनी व्यवस्था छ ।