Dhulikhel Eco Banner new

सूर्योदय वोमी लघुवित्तको शेयर सर्वसाधारणका लागि बिक्रीमा

2.38K
shares

काठमाडौं, ६ माघ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले शेयरधनी गोविन्द शर्माको नाममा रहेको ३१ हजार २६६ कित्ता शेयर बिक्रीमा राखेको हो।

कम्पनीले यसअघि नै यो शेयर खरिदका लागि संस्थापकलाई समय दिइसकेकाले अब संस्थापक बाहेकका सर्वसाधारण व्यक्ति वा संघसंस्थाले मात्रै किन्न पाउनेछन्।

शेयर किन्न इच्छुक सर्वसाधारणले ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी–४, ललितपुरमा वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडमा आवेदन दिनु पर्नेछ।