Dhulikhel Eco Banner new

एनआईसी एशिया क्यापिटलमा कर्मचारी माग, कति चाहिन्छ योग्यता ?

988
shares

काठमाडौ, ९ असार । एनआईसी एशिया क्यापिटल लिमिटेडले एचआर असिस्टेन्ट (करार) पदमा कर्मचारी माग गरेको छ। कम्पनीले सूचना प्रकाशित गर्दै योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन आह्वान गरेको छ।

कम्पनीका अनुसार नियुक्त हुने कर्मचारीले भर्ती तथा कर्मचारी छनोट प्रक्रियामा सहयोग गर्ने, कर्मचारी अभिलेख तथा प्रशासन व्यवस्थापन गर्ने, कर्मचारी सम्बन्ध तथा संलग्नता अभिवृद्धिसम्बन्धी गतिविधिमा सहकार्य गर्ने तथा श्रम कानुन, कम्पनीका मापदण्ड र मानव संसाधन नीतिअनुसार आवश्यक कार्यसम्पादन गर्नुपर्नेछ।

उक्त पदका लागि व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण वा अध्ययनरत उम्मेदवारले आवेदन दिन सक्ने जनाइएको छ। साथै संगठनात्मक क्षमता, समय व्यवस्थापन, मल्टिटास्किङ गर्न सक्ने दक्षता तथा सूक्ष्म विवरणमा ध्यान दिन सक्ने क्षमता आवश्यक पर्ने कम्पनीले जनाएको छ।

त्यसैगरी गोप्य तथा संवेदनशील सूचनाको व्यावसायिक ढंगले व्यवस्थापन गर्न सक्ने क्षमता पनि उम्मेदवारका लागि योग्यता तोकिएको छ। कम्पनीले इच्छुक उम्मेदवारलाई आफ्नो बायोडाटा र आवेदन पत्र इमेलमार्फत पठाउन आग्रह गरेको छ। आवेदन २०२६ जुलाई ३ भित्र पठाइसक्नु पर्नेछ।