किसानलाई समयमै मल उपलब्ध गराउनुपर्छ : सभामुख
वि.सं.२०७९ जेठ २९ आइतवार १३:५०
shares

काठमाडौं, २९ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले किसानहरूलाई मल उपलब्ध गराउन रुलिङ गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नमा किसानहरूलाई मल उपलब्ध गराउन रुलिङ गरेका हुन् ।
किसानहरूलाई यथाशिघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई रुलिङ गरेका हुन् ।
‘माननीय सदस्यहरू खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छु ।
यथाशीघ्र कृषकहरूलाई मल उपलब्ध हुनसक्नेगरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवम् नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु,’ उनले भनेका छन् ।



















