Dhulikhel Eco Banner new

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

2.37K
shares

काठमाडौं, २० माघ । नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ बराबरको प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँका दरले २ करोड एक लाख २३ हजार कित्ता अर्थात चुक्ता पुँजीको २५ प्रतिशतका दरले हकप्रद बिक्रीमा ल्याएको हो ।

हाल २ अर्ब १ करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्कासनपछि ५० करोड ३० लाख रुपैयाँ थप हुनेछ । फागुन २८ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सकिनेछ ।

कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङबाट ए प्लस रेटिङ पाएको छ । माघ १५ गतेसम्म शेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले आवेदन दिन सक्नेछन् । अनलाइनप्रणाली मेरोशेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ ।