Dhulikhel Eco Banner new

प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

3.17K
shares

काठमाडौं, २० माघ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । शुक्रवार उनीविरुद्ध रौतहट जिल्ला अदालतको अवहेलना मुद्दा दायर गरिएको हो ।

साह उपर अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप पनि छ । प्रतिनिधिसभा सदस्य समेत रहेका साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए । रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साहले आफ्ना फेसबुक आइडीबाट ‘न्यायाधीश नेताका झोले कार्यकर्ता’ भनेर टिप्पणी गरेका थिए ।

बाटो खाली गराउने क्रममा नगर प्रमुख यादवमाथि आक्रमण तथा अभद्र व्यवहार गर्ने गंगाराम बैठालाई पुर्पक्षका लागि थुना पठाउने आदेश भएको थियो । अध्यक्ष शाह र आजपाका महासचिव त्रिभुवन साहविरुद्ध दर्ता भएको सो मुद्दा सुनुवाइका लागि जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासमा पेशी तोकिएको छ। उक्त मुद्दामा आइतवार सुनुवाइ हुँदैछ ।