शेयर बजारमा उच्च अंकले वृद्धि, २०२ कम्पनीको शेयर मूल्य बढ्यो
वि.सं.२०८१ माघ २० आइतवार १५:१४
shares

काठमाडौं, २० माघ । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ६९.८० अंकले घटेर २,७२७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २०२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १२ अर्ब ९५ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा उन्नती सहकार्य लघुवित्त, ग्लोबल आइएमइ लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भुगोल इनर्जी, ग्रामिण विकास लघुवित्त र एनएमबि माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ७ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको छ ।


















