Dhulikhel Eco Banner new

एकैदिन तोलामा २ हजार ३ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.07K
shares

काठमाडौं, १ फागुन । स्थानीय बजारमा बिहीवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार तोलामा १ लाख ६७ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बिहीवार २ हजार ३ सयले बढेर तोलामा १ लाख ६९ हजार ८ सयमा कायम भएको हो ।

त्यस्तै, बिहीवार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । बुधवार तोलामा १ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार बढेर तोलामा १ हजार ९६५ रुपैयाँमा कायम भएको छ ।