Dhulikhel Eco Banner new

मेगा र इन्भेष्टमेन्ट बैंकको कारोबार रोक्का

5.01K
shares

काठमाडौं, ३० जेठ । मर्जरमा जाने भए पछि मेगा बैंक र इन्भेष्टमेन्ट बैंकको कारोबार रोक्का भएको छ । इन्भेष्टमेन्ट र मेगा बैंक मर्जरमा जाने भएकाले शेयर कारोबार रोक्का गरिएको हो । दुई बैंक बीच मर्जरमा जाने गरी २७ जेठमा सम्झौता भएको थियो ।

मर्जरपश्चात नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाममा एकिकृत कारोबार हुने बताइएको छ । इन्भेष्टमेन्ट बैंकले मेगालाई प्रति शेयर १००ः९० को अनुपातमा गाभ्न लागेको छ । मेगा बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता पाउनेछन् ।

सम्झौतामा नेपाल इन्भेष्टमेन्टका सञ्चालक तथा मर्जर कमिटीका संयोजक प्रजन्यराज भण्डारी र मेगा बैंकका सञ्चालक तथा मर्जर कमिटीका संयोजक मुक्ति पाण्डेले हस्ताक्षर गरेका थिए ।