Dhulikhel Eco Banner new

नेरुडे मिर्मिरे लघुवित्तको साढे ३ लाख बढी कित्ता शेयर बिक्रीमा

2.26K
shares

काठमाडौं,  १२ फागुन । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ ।संस्थाले विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको नेरुडे मिर्मिरे लघुवित्तको ३ लाख ६१ हजार २१६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

यो शेयरमा हाललाई संस्थाका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काभ्रेको बनेपा–८ स्थित संस्थाको केन्द्रीय कार्यालयमा दिन सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।