Dhulikhel Eco Banner new

एनएमबि बैंकद्वारा सुनवलका ३५ विद्यालयलाइ प्राथमिक उपचार बक्स हस्तान्तरण

3.43K
shares

काठमाडौं, १२ फागुन । एनएमबि बैंक सुनवल शाखाले रेडक्रस सोसाइटी सुनवलको समन्वयमा सुनवल नगरपालिकाका ३५ विद्यालयलाइ प्राथमिक उपचार बक्स हस्तान्तरण गरेको छ ।

बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली, सिनियर क्षेत्रीय प्रबन्धक मेघराज तिमिसिना र शाखा प्रबन्धक अर्जुन ज्ञवालीले एक कार्यक्रमका बीच विद्यालयका प्राचार्यहरुलाइ प्राथमिक उपचार बक्स हस्तान्तरण गरेका हुन् ।

एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीले सुनवल क्षेत्रका ३५ विद्यालयलाइ प्राथमिक उपचार बक्स सहयोग गर्न पाउदा खुशी व्यक्त गरे । उनले एनएमबि बैंकले वित्तीय सेवा सगै सस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाइ पनि प्राथमिकता दिएको बताए। एनएमबि बैंक आमजनताको रोजाईको बैंक रहेकोले ढुक्क सग बैंकिङ कारोबार गर्न आग्रह गरे ।

सुनवल उपमहानगरपालिका वडा न ४ अध्यक्ष बालकृष्ण पङ्गेनिले सुनवल क्षेत्रमा एनएमबि बैंकले प्रदान गर्ने सेवाको सराहना गर्दै आफुहरुले एनएमबि बैंकमा स्थापना काल देखि नै कारोबार गरेको बताए। यस क्षेत्रको आर्थिक विकासमा एनएमबि बैंकले अझै धेरै काम गर्न सक्नेमा आफुहरु ढुक्क रहेको बताए ।

शाखा प्रबन्धक अर्जुन ज्ञवालीले एनएमबि बैंकलाइ नेपाल एवं एशिया कै सर्वोत्कृष्ट बैंकमा स्थापित गर्न आमजनताको विस्वास र मायाले मात्र सम्भव भएको उल्लेख गरे । उनले एनएमबि बैंकले उत्कृष्ट, सरल र छिटोछरितो बैंकिङ सेवासगै सस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत आकस्मिक घटना, बिरामी पर्दा प्राथमिक उपचार गर्न सजिलो होस् भन्ने उद्देश्यले ३५ विद्यालयलाइ प्राथमिक उपचार बक्स हस्तान्तरण गरेको बताए। उनले एनएमवि बैंक आम जनताको सुखदुःखमा सदैव सगै रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा रेडक्रस सोसाइटी नवलपरासीका उपाध्यक्ष कृष्ण लामिछाने, जिल्ला सहकारी संघ नवलपरासी अध्यक्ष विष्णुप्रसाद पौडेल, एनएमबि बैंक लुम्बिनी प्रदेश सिनियर क्षेत्रीय प्रबन्धक मेघराज तिमिसिना, रेडक्रस सुनवल उपशाखा अध्यक्ष गोपाल शर्मा (लामिछाने), रुद्रकुमारी कंडेल, रवि पोखरेल, शिव रेग्मी, बिष्णु घिमिरे, विभिन्न विद्यालयका प्राचार्य र प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।