Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.03K
shares

काठमाडौं, १३ फागुन । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ७.१३ अंकले बढेर २,७६५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ९अर्ब ९० करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन नेपाल ल्युब आयलका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् भने सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ८.९६ प्रतिशतका दरले कमाएका छन्े ।

त्यसैगरी, भुगोल इनर्जीका लगानीकर्ताले ८.४१ प्रतिशतका दरले कमाएका छन् भने नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले ६.२८ प्रतिशतका दरले कमाएका छन् ।