Dhulikhel Eco Banner new

शेयर बजारमा उछाल, १९६ कम्पनीको शेयर मूल्य बढ्यो

2.8K
shares

काठमाडौं, १८ फागुन । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ७५.२४ अंकले बढेर २,८९० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १४ अर्ब २५ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा हिमालयन डिस्टिलरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा समाज लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १०  प्रतिशतका दरले गुमाएका छन् ।