Dhulikhel Eco Banner new

बैंकहरुको मुद्दति निक्षेपमा ४ अर्ब लगानी गर्दै राष्ट्र बैंक

2.91K
shares

काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ४ अर्बभन्दा बढी लगानी गर्ने भएको छ। राष्ट्र बैंकको विभिन्न कोषमा रहेको कुल ४ अर्ब ७९ लाखको एक हिस्सा बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।

यसमा ३ अर्ब २० करोड ६५ लाख रुपैयाँ वाणिज्य बैंकमा, ६० करोड ११ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा, र बाँकी २० करोड ३ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्तीय कम्पनीमा लगानी गरिने जनाएको छ।

राष्ट्र बैंकले यस लगानीको लागि इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ। बैंक तथा वित्तीय संस्थाले फागुन २० गतेसम्म आफ्नो ब्याजदर प्रस्ताव पेश गर्नुपर्नेछ।

यो मुद्दति निक्षेप सन् २०२५ मार्च १२ देखि २०२६ मार्च १२ सम्म ३६६ दिनको अवधिका लागि हुनेछ। राष्ट्र बैंकको यस पहलले वित्तीय बजारमा स्थिरता र संस्थागत लगानीलाई थप प्रोत्साहन दिने अपेक्षा गरिएको छ।