Dhulikhel Eco Banner new

इन्लाइटनले अमेरिकी उच्च शिक्षाबारे जानकारी सत्र आयोजना गर्दै

3.86K
shares

काठमाडौं, २१ फागुन । काठमाडौंको बागबजारमा अवस्थित शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले अमेरिकी उच्च शिक्षाबारे जानकारी प्रदान गर्न विशेष जानकारी सत्रको आयोजना गरेको छ ।

फागुन २३ गते शुक्रबार इन्लाइटनकै भवनमा उक्त विशेष सत्र आयोजना हुन लागेको हो । यस शैक्षिक कार्यक्रममा बेथानी कलेज, वेस्ट भर्जिनियाका रिक्रुटमेन्ट म्यानेजर सेफिना जोशीसँग प्रत्यक्ष भेटघाट गर्दै विद्यार्थीहरूले अमेरिका अध्ययनका अवसरहरूबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।

बेथानी कलेजमा अध्ययनका अवसरका सँगसँगै छात्रवृत्ति योजनाहरूको जानकारी, भर्ना प्रक्रिया, आवश्यक योग्यता, र कलेजको सुविधाबारे विद्यार्थीहरूले प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।

शुक्रबार बिहान ८ बजेदेखि ९ बजेसम्म हुने यो सत्र अमेरिकामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको लागि निकै महत्वपूर्ण हुने इन्लाइटनको विश्वास लिएको छ ।

विदेश पढ्न जाने विद्यार्थीहरुलाई पढाउँदै र पठाउँदै आएको इन्लाइटन विद्यार्थी र अभिभावकबीच निकै लोकप्रिय छ । यहाँबाट सहज तरिकाले भिसा अप्लाई गर्न सकिने, आवश्यक परामर्श दिने जस्ता सहजीकरण गर्ने भएकाले शैक्षिक परामर्श संस्थामा आफ्नो छुटै पहिचान बनाउन सफल भएको छ ।