Dhulikhel Eco Banner new

टिसीएल नेपालले सुरु गर्‍यो निः शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प

3.19K
shares

काठमाडौं, २३, फागुन । गर्मीको मौसम आगमनलाई ध्यानमा राख्दै टीसीएल नेपालले ग्राहकहरूलाई निः शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक छुटको सुविधा समेटेको विशेष अभियान सुरु गरेको छ। यो अभियान फागुन २० गतेदेखि सीमित अवधिको लागि सञ्चालन हुने चौधरी ग्रुपले जनाएको हो ।

टीसीएल नेपालले ग्राहकहरूलाई गुणस्तरीय उत्पादन र सेवा पुर्याउन सदैव अग्रसर रहेको जनाउँदै यस अभियानमार्फत कम्पनीले ग्राहकहरूलाई गर्मीको तयारीको साथै सहज र सुलभ सेवा पुर्याउने विश्वास व्यक्त गरेको छ।

निः शुल्क एसी सर्भिसस् कुनै पनि ब्रान्डको एसीको निः शुल्क जाँच र सर्भिसिङ (सेवा शुल्क रहित)हुने कम्पनी जनाएको छ । एक्स्चेन्ज सुविधास् पुरानो एसी साट्दा विगतभन्दा ५ प्रतिशत सम्म बढी मूल्यांकन हुनुका साथै नयाँ टीसीएल एसी खरिद गर्दा २ प्रतिशत सम्मको ग्रान्ड छुटहुने जनाएको छ ।

नयाँ एसीमा ४ हजार बराबरको निः शुल्क स्थापना सेवा पाउनुको साथै दुई वटा निः शुल्क सेवा कुपन ३ हजार सम्मको सेवा कुपन (एक्स्चेन्ज गर्ने ग्राहकहरूका लागि)पाउनेछन् ।

कम्पनीका अनुसार ग्राहकहरूले यस अभियानमा सहभागी हुन टोल फ्री नं. १६६-००-१००-२११, १६६-००-१०२-२११ वा ०१-५९७०२११ मा सम्पर्क गर्न वा आधिकारिक वेबसाइट https://cgelex.com/ मा गई आफ्नो पुरानो एसीको मूल्य आँकलन गर्न सक्नेछन्। रजिस्ट्रेशनपछि टीसीएलको टेक्निसियनले ग्राहकको घरमै पुगी सेवा प्रदान गर्नेछन्।

यस्तै, एसी मर्मत गर्दा स्पेयर पार्ट्समा ५ प्रतिशत सम्म छुट पाउने कम्पनीले जनाएको छ ।