Dhulikhel Eco Banner new

शेयर बजारमा २३० कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.55K
shares

काठमाडौं, १० चैत । आइतवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ५३.०४ अंकले घटेर २,६१६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १३ कम्पनीको शेयर मूल्य बढेको छ भने २३० कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब ३२ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन सायापात्री हाइड्रोपावरका लगानीकर्ताले ७.३४ प्रतिशतका दरले गुमाएका छन् भने उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.८७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी माथिल्लो सोलु हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताले ६.८३ प्रतिशतका दरले गुमाएका छन् भने भूगोल इनर्जी डेभलपमेन्टका लगानीकर्ताले ६.८२ प्रतिशतका दरले गुमाएका छन् ।