उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८१ चैत १० आइतवार १५:१७
shares

काठमाडौं, १० चैत । आइतवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ५३.०४ अंकले घटेर २,६१६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १३ कम्पनीको शेयर मूल्य बढेको छ भने २३० कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब ३२ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा कुथेली बुखारी स्मल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.७२ प्रतिशतका दरले बढेको छ ।
यसदिन एनएमबी ५०का लगानीकर्ताले ३.९४ प्रतिशतका दरले कमाएका छन् भने ९५ आइसीएफसी फाइनान्सका लगानीकर्ताले डिबेन्चर ३.८९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, ११५ एनआईसी एशिया डिबेन्चरका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् भने सांग्रिला विकास बैंक ऋणपत्रका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् ।















