Dhulikhel Eco Banner new

शेयर बजारमा उच्च अंकले गिरावट, २३० कम्पनीको शेयर मूल्य घट्यो

2.22K
shares

काठमाडौं, १० चैत । आइतवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ५३.०४ अंकले घटेर २,६१६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १३ कम्पनीको शेयर मूल्य बढेको छ भने २३० कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब ३२ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा कुथेली बुखारी स्मल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.७२ प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा मिथिला लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।