Dhulikhel Eco Banner new

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

2.5K
shares

काठमाडौं, ११ चैत । नेपाल लाइफ इन्स्योरेन्सले २०८२ सालको  क्यालेन्डर सार्वजनिक गरेको छ। चैत ७ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, प्रमुख—बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुक्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन्। बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहकहरु, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरु, मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक पदाधिकारीहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, माया, स्नेह प्रदान गर्ने शेयरधनीहरु, नेपाल बीमा प्राधिकरण,अन्य नियामक निकायहरुका साथसाथै नेपालकै सर्वाधिक विस्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनिय भूमिका खेल्ने सबै सरोकारवालाहरुलाई नयाँ वर्ष २०८२ को अग्रीम शुभकामना समेत व्यक्त व्यक्त गरे।

आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए ।