Dhulikhel Eco Banner new

पत्रकार हत्याको विरोधमा सडकमा उत्रियो महासंघ

3.41K
shares

काठमाडौ, १६ चैत ।  शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा समाचार संकलनकै क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघले शनिबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा पत्रकारहरू आन्दोलित भएका हुन् । आज पत्रकार महासंघको स्थापना दिवससमेत हो तर यही समयमा पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो ।