Dhulikhel Eco Banner new

आरपिएस मार्फत ५ सय सम्मको फण्ड ट्रान्सफरमा कारोबार शुल्क नलाग्ने

3K
shares

काठमाडौं, २० चैत । डिजिटल भुक्तानीलाई प्रवद्र्र्धन गर्नुका साथै सानो रकमका भुक्तानीहरु डिजिटल माध्यमबाट गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ एनसिएचएलले रिटेल पेमेन्ट स्विच (आरपिएस) मार्फत् हुने ५ सयसम्मको फण्ड ट्रान्सफरमा शुल्क नलाग्ने व्यवस्था गरेको छ । कनेक्ट आइपिएसको वेब/मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङमा रहेको कनेक्ट आइपिएस फण्ड ट्रान्सफर तथा कनेक्ट आइपिएस मार्फत मोबाईल वालेटमा गरिन क्यास इन/आउटलाई पूर्ण रुपमा निशुल्क गरिएको हो ।

चैत १९ गतेबाट उक्त व्यवस्था कनेक्ट आइपिएसमा कार्र्यान्वयनमा आइसकेको छ भने बैंक वित्तीय संस्था र वालेटहरुले आफ्ना प्रणालीहरुमा आवश्यक व्यवस्था मिलाए पछी मोबाइल बैंकिङ्ग तथा वालेटमा पनि क्रमिक रूपमा लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आरपिएस मार्फत हुने अन्य च्यानलहरु र कारोबारहरुमा भने कारोबार रकमको आधारमा हाल कायम रहेको २ रुपैयाँ र ८ रुपैयाँ कारोबार शुल्कको व्यवस्था यथावत रहने छ । साथै उक्त कारोबार शुल्कमा कानून बमोजिमको भ्याट थप हुने व्यवस्था रहेको छ ।

कारोबार संख्यामा वृद्धी सँगै कारोबार शुल्क समायोजन गर्ने नीति एनसिएचएलले लिँदै आएको छ । कम्पनीका अनुसार आरपिएस मार्फत गत आर्थिक वर्षमा ५ हजार ६ सय ९७ अर्ब बराबरको ७ करोड ५६ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको थियो भने चालू आर्थिक वर्षको आठ महिनामा ४ हजार ५ सय ५३ अर्ब बराबरको ६ करोड ८३ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरिसकेको छ । हाल ५२ बैंक वित्तीय संस्थाहरुको मोबाईल बैंकिङ्ग एपमा आरपिएस/कनेक्ट आइपिएसबाट फण्ड ट्रान्स्फर गर्न सकिने सेवा उपलब्ध रहेको छ भने १३ भन्दा बढि वालेटहरुमा बैंक खाताबाट क्यास इन/आउट को सेवा उपलब्ध रहेको छ ।

एनपिएसअन्तर्गतको आरपिएसले बैंक वित्तीय संस्था पिएसपिएस÷पिएसओएस लगायतका संस्थाहरुलाई ओपन एपिआइएसको माध्यमबाट रियल टाइम भुक्तानीहरु गर्न सकिने प्ल्याट्फर्म प्रदान गर्दै आएको छ । आरपिएसमा २० लाख प्रति कारोबार सीमा रहेको छ भने च्यानल तथा युजेज केसेज बमोजिम एउटै बैंकमा गरिने कारोबारको उक्त सीमा  १ करोड प्रति कारोबार सम्म रहेको छ ।