निरन्तर नयाँ रेकर्ड बनाउदै सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८१ चैत २१ बिहीवार ११:००
2.04K
shares
shares

काठमाडौं, २१ चैत । स्थानीय बजारमा बिहीवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बुधवार तोलामा १ लाख ७९ हजार १ सयमा कारोबार भएको सुनको मूल्य बिहीवार १ हजार २ सयले बढेर प्रतितोला १ लाख ८० हजार ३ सयमा कायम भएको हो ।
त्यस्तै, बिहीवार चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ । बुधवार तोलामा २ हजार २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार घटेर तोलामा १ हजार ९५ रुपैयाँमा कायम भएको छ ।















