नयाँ हाजिरी रजिस्ट्रर खडा गरेर गुरागाईंले गरे महानगरमा हाजिर
वि.सं.२०८१ चैत २१ बिहीवार १४:१८
shares

काठमाडौँ, २१ चैत । काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकारी सरोज गुरागाईंले बिहिवार कार्यालयको नयाँ हाजिरी रजिस्ट्रर शुरू गरेका छन्। गुरागाईं जनप्रतिनिधि र कर्मचारीहरूको सहयोगमा कार्यकक्षमा प्रवेश गर्दै नयाँ रजिस्ट्रर राखेका थिए।
महानगरका प्रमुख प्रशासकीय अधिकारी गुरागाईंले कार्यकक्षको ताला फोडेर भित्र प्रवेश गरेका थिए। तर, कार्यालयमा हाजिरी रजिस्ट्रर मेयर बालेन शाहले राखेका थिए। गुरागाईं र उनका सहयोगीहरूले मेयर बालेन शाहको उपस्थितिमा रजिस्टरको सट्टा नयाँ हाजिरी रजिस्ट्रर राखेका छन्।
महानगरका स्रोतका अनुसार, पुरानो रजिस्ट्रर मेयरले राखेका थिए भने नयाँ रजिस्ट्रर प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले खडा गरेर हाजिर गरेका छन्। यस क्रममा उपप्रमुख र अन्य जनप्रतिनिधिहरूसहितका कर्मचारीहरू सहभागी थिए।



















