शेयर बजारमा १५१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ चैत २१ बिहीवार १५:२६
shares

काठमाडौं, २१ चैत । बिहीवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार २.८१ अंकले बढेर २,७०२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ८४ करोडको कारोबार भएको हो ।
झिनो अंकले बढेको उपकार लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयर मुल्य ७.८५ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन विन लघुवित्तका लगानीकर्ताले ६.१३ प्रतिशतका दरले गुमाएका छन् भने गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ६.१२ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी बोर्टलस बालाजुका लगानीकर्ताले ५.८७ प्रतिशतका दरले गुमाएका छन् भने कुमारी सबल योजना ५.७१ प्रतिशतका दरले गुमाएका छन् ।



















