उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८१ चैत २५ सोमवार १५:१६
shares

काठमाडौं, २५ चैत । सोमवार शेयर बजारमा उच्च अंकले घटेको छ । शेयर बजार ३२.४५ अंकले घटेर २,६७० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ६५ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा बुटवल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ६.७५ प्रतिशतका दरले बढेको छ ।
यसदिन बाराही हाइड्रोपावरका लगानीकर्ताले ४.७९ प्रतिशतका दरले कमाएका छन् भने कुमारी सबल योजनाका लगानीकर्ताले ४.६० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी नबिल डिबेन्चरका लगानीकर्ताले २.८७ प्रतिशतका दरले कमाएका छन् भन े सयपत्री हाइड्रोपावरका लगानीकर्ताले २.८४ प्रतिशतका दरले कमाएका छन् ।



















