शेयर बजारमा ५ अर्ब ६५ करोडको यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ चैत २५ सोमवार १५:५४
shares

काठमाडौं, २५ चैत । शेयर बजारमा ५ अर्ब ६५ करोड ८९ लाखको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५० करोड ३६ लाख कारोबार भएको हो ?
यसदिन एनआरएन इन्फ्रास्ट्रक्चरको ४३ करोड २१ लाख रुपैयाँ कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ३३ करोड १७ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी राधी विद्युतको २८ करोड ३९ लाख रुपैयाँकारोबार भएको छ भने हिमालयन पावर पार्टनरको २१ करोड ४० लाख रुपैयाँ कारोबार भएको छ ।



















