स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८१ चैत २६ मंगलवार १०:१७
shares

काठमाडौं, २६ चैत । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने २९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ। शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र बनेपास्थित कम्पनीको प्रशासन विभागमा निवेदन दिनु पर्नेछ।
साथै ताकिएको म्यादभित्र कम्पनीका संस्थापक शेयरधनचीहरूबाट आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।


















