शेयर बजारमा ९० कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ चैत २७ बुधवार १५:१५
shares

काठमाडौं, २७ चैत । बुधवार शेयर बजारमा दोहोरो अंकले बढेको छ । शेयर बजार १३.९० अंकले बढेर २,६८० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४८ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.०५ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन गुरास लघुवित्तका लगानीकर्ताले २.७३ प्रथितशतका दरले गुमाएका छन् भने सिटिजन्स म्युअचल फण्डका लगानीकर्ताले २.५९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, अपर सोलु जलविद्युतका लगानीकर्ताले २.३५ प्रतिशतका दरले गुमाएका छन् भने बाराही जलविद्युतका लगानीकर्ताले २.१६ प्रतिशतका दरले गुमाएका छन् ।



















