Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.97K
shares

काठमाडौं, २८ चैत । बिहीवार शेयर बजारमा सामान्य अंकले घटेको छ । शेयर बजार ८.६० अंकले घटेर २,६६७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३१ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ६३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।

यसदिन मेन्छियाम हाइड्रोपावरका लगानीकर्ताले ६.०३ प्रतिशतका दरले कमाएका छन् भने ङादी ग्रुप पावरका लगानीकर्ताले ५.३९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी राधी विद्युत कम्पनीका लगानीकर्ताले ४.३० प्रतिशतका दरले कमाएका छन् ।