शेयर बजारमा दोहोरो अंकले वृद्धि, बढ्यो १८७ कम्पनीको शेयर मूल्य
वि.सं.२०८२ वैशाख ४ बिहीवार १५:१२
2.98K
shares
shares

काठमाडौं, ४ वैशाख । बिहीवार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार २८.९७ अंकले बढेर २,७२५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १० अर्ब ७९ करोडको कारोबार भएको हो ।
दोहोरोअंकले बढेको शेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा एनआईसी एशिया डिबेन्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयर मुल्य ४.७९ प्रतिशतका दरले गुमाएका छन् ।

















