Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.64K
shares

काठमाडौं, ४ वैशाख । बिहीवार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार २८.९७ अंकले बढेर २,७२५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १० अर्ब ७९ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने सम्पदा लघुवित्तका लगानीकर्ताले ७.०७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, जलविद्युत लगानी तथा विकास कम्पनीका लगानीकर्ताले ६.७९ प्रतिशतका दरले कमाएका छन् भनेसुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ६.६८ प्रतिशतका दरले कमाएका छन् ।