Dhulikhel Eco Banner new

शेयर बजारमा ५९ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.67K
shares

काठमाडौं, ४ वैशाख । बिहीवार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार २८.९७ अंकले बढेर २,७२५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १० अर्ब ७९ करोडको कारोबार भएको हो ।

शेयर बजारमा एनआईसी एशिया डिबेन्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयर मुल्य ४.७९ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन बोटलर्स नेपाल (बालाजु)का लगानीकर्ताले ४.४६ प्रतिशतका दरले गुमाएका छन् भने
१०.२५ प्रतिशत एसबिएल ऋणपत्रका लगानीकर्ताले ३.४७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, बलेफी हाइड्रोपावरका लगानीकर्ताले ३.२३ प्रतिशतका दरले गुमाएका छन् भने गुराँस लघुवित्तका लगानीकर्ताले ३.२० प्रतिशतका दरले गुमाएका छन् ।