Dhulikhel Eco Banner new

प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ?

3K
shares

काठमाडौं, १८ वैशाख । प्रभु इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले चार्टर्ड एकाउन्टेन्टका लागि दुई जना र अफिसर सिनियर अफिसर एएम डीएमका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले केन्द्रीय कार्यालय तथा आफ्ना विभिन्न शाखा कार्यलयकालागि कर्मचारी माग गरेको हो । चार्टर्ड एकाउन्टेन्ट पदका लागि सीए पास गरेको र कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। अफिसर, सिनियर अफिसर, एएम वा डीएम पदका लागि कम्तीमा स्नातक तह पास गरेको हुनुपर्नेछ। बीमा बजार व्यवस्थापनमा अनुभव, कम्प्युटर र इन्टरनेटको ज्ञान भएकोलाई प्राथमिकता दिइने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात बैशाख २३ गतेभित्र आवेदन दिनु पर्ने जनाएको छ ।