Dhulikhel Eco Banner new

प्रिमियम गुणस्तर र पहुँचयोग्यता सँगै पञ्चकन्या बाथवेयर बजारमा प्रवेश

1.73K
shares

काठमाडौं, २३ वैशाख । सुदूरपश्चिम प्रदेशको धनगढीमा पञ्चकन्या ग्रुपले आफ्नो नयाँ ब्रान्ड पञ्चकन्या बाथवेयरको औपचारिक शुभारम्भ गरेको छ।

यस ब्रान्डले प्रिमियम स्तरका ट्याप, सावर र सहायक उपकरणहरू प्रस्तुत गर्दै नेपाली बाथवेयर बजारमा गुणस्तर र पहुँचयोग्य मूल्यको सन्तुलन ल्याउने उद्देश्यका साथ शुभारम्भ गरेको होृ।

धनगढीमा आयोजित डिलर लञ्च कार्यक्रममा स्थानीय उद्योग, शिक्षा, होटल तथा निर्माण क्षेत्रका ६० भन्दा बढी विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख वक्ता पञ्चकन्या ग्रुपका निर्देशक अशिक श्रेष्ठले कम्पनीको दीर्घकालीन दृष्टिकोण, गुणस्तर प्रतिवद्धता र नवप्रवर्तनमाथि प्रकाश पारे। सेल्स हेड बसन्त रिजालले उत्पादनको विशेषता, सेवा प्रत्याभूति र आगामी योजनाहरू प्रस्तुत गरे।

सहभागीहरूमा कैलाली उद्योग व्यवसायी संघ, निर्माण व्यवसायी संघ, हार्डवेयर, शिक्षा तथा होटल क्षेत्रका प्रतिष्ठित प्रतिनिधिहरू थिए। कार्यक्रममा पञ्चकन्या बाथवेयरले नेपाली उपभोक्तालाई दिगो, भरपर्दो र सौन्दर्ययुक्त बाथवेयर अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

उपस्थित अतिथिहरूले गुणस्तर र नवप्रवर्तनको संयोजनमार्फत पञ्चकन्या बाथवेयरले बजारमा नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरे। पञ्चकन्या ग्रुपले यस नयाँ प्रयासलाई नेपाली उपभोक्ताको जीवनस्तर उकास्ने महत्वपूर्ण पाइला मानेको जनाएको छ।