Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

3.03K
shares

काठमाडौं, २८ वैशाख । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ११.५३ अंकले घटेर २,६५० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन १० अर्ब २० करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा नेपाल माइक्रो लाइफ इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ७.४५ प्रतिशतका दरले गुमाएका छन् ।