Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.89K
shares

काठमाडौं, २८ वैशाख । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ११.५३ अंकले घटेर २,६५० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन १० अर्ब २० करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा नेपाल माइक्रो लाइफ इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन हिमालयन हाइड्रोपावर र जोशी जलविद्युत विकास कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने ओम मेगाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।