Dhulikhel Eco Banner new

राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा. पौडेल वालुवाटार प्रस्थान

2.47K
shares

काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा.विश्व पौडेल वालुवाटार प्रस्थान गरेका छन् । बुधवार पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएलगतै वालुवाटार प्रस्थान गरेका हुन् ।

सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेललाई नियुक्त गरेको थियो । मन्त्रिपरिषद्‍बाट नियुक्त भएका गभर्नरले प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक व्यवस्था छ।