Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालमाल

2.28K
shares

काठमाडौं, ११ जेठ । आइतवार शेयर बजार ९.१४ अंकले घटेको छ । शेयर बजार ९.१४ अंकले घटेर २,६७९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ६० करोडको कारोबार भएको हो ।

शेयर बजारमा ओम मेगाश्री फार्मास्युटिकल्स का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन महुली लघुवित्तका लगानीकर्ताले ८.२५ प्रतिशतका दरले कमाएका छन् भने रिभर फल्सका लगानीकर्ताले ७.७४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ७.२४ प्रतिशतका दरले कमाएका छन् भने सर्योदय वोमी लघुवित्तका लगानीकर्ताले ६.६० प्रतिशतका दरले कमाएका छन् ।