Dhulikhel Eco Banner new

हिमालयन बैंकको २ करोड ८० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

2.18K
shares

काठमाडौं, ३० जेठ । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी हविव बैंक लिमिटेडको नाममा रहेको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

उक्त शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ११.८० रुपैयाँ तोकिएको छ। हाल यो शेयर खरीदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको समयावधि तोकिएको छ।

उक्त अवधिभित्र संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले उल्लेख गरेको छ।

इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको कमलादीमा रहेको हेरिटज प्लाजास्थित बैंकको कानून विभागमा निवेदन दिनु पर्नेछ।