Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीको लगानीकर्ता बने मालामाल

2.59K
shares

काठमाडौं, ९ असार । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.७८ अंकले घटेर २,६०० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब ४७ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९।९८ प्रतिशतका दरले बढेको छ ।

यसदिन पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ९.४२ प्रतिशतका दरले कमाएका छन् भने बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५.२७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, पाँचथर पावर कम्प्यान्टका लगानीकर्ताले ५.१८ प्रतिशतका दरले कमाएका छन् भने राधी विद्युत कम्पनीका लगानीकर्ताले ४.८६ प्रतिशतका दरले कमाएका छन् ।