Dhulikhel Eco Banner new

यस्तो छ बिहीवारका लागि विदेशी मुद्राको विनिमयदर

2.54K
shares

काठमाडौं, १२ असार । नेपाल राष्ट्र बैंकले बिहीवार निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार बिहीवार युरो र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ । बिहीवार युरोपियन युरो एकको खरिददर १५९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १६० रूपैयाँ १८ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १५९ रूपैयाँ ३६ पैसा र बिक्रीदर १६० रूपैयाँ ५ पैसा थियो ।

यसैगरी यसैगरी बिहीवार युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रूपैयाँ र बिक्रीदर १८७ रूपैयाँ ८२ पैसा छ । हिजो युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ७३ पैसा थियो ।

यसैगरी अमेरिकी डलरको मूल्य हिजोको तुलनामा आज सामान्य फेरबदल देखिएको छ । आज अमेरिकी डलर एकको खरिदर १३७ रूपैयाँ ४३ पौि र बिक्रीदर १३८ रूपैयाँ ३ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २७ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८७ पैसा थियो ।

स्विस फ्र्यांकको पनि मूल्य बढेको छ । स्वीस फ्र्यांक एकको खरिददर आज १७० रूपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रूपैयाँ १० पैसा छ । हिजो स्वीस फ्र्यांक एकको खरिददर १६९ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७० रूपैयाँ ३६ पैसा थियो ।

अष्ट्रेलियन डलरको मूल्य भने आज घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ २७ पैसा र बिक्रीदर ८९ रूपैयाँ ६६ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ४० पैसा र बिक्रीदर ८९ रूपैयाँ ७९ पैसा थियो ।

क्यानेडियन डलर पनि हिजोको तुलनामा बिहीवार केही घटेको छ । आज क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ ०७ पैसा र बिक्रीदर १०० रूपैयाँ ५१ पैसा छ ।