Dhulikhel Eco Banner new

कामु गभर्नरको जिम्मेवारी बमबहादुर मिश्रलाई

3.2K
shares

काठमाडौं, ११ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल विदेश भ्रमणमा निस्किएसँगै डेपुटी गभर्नर बमबहादुर मिश्रले कार्यवाहक (कामु) गभर्नरको जिम्मेवारी पाएका छन्।

गभर्नर पौडेल मंगलबार स्वीजरल्यान्ड प्रस्थान गरेका हुन्। उनी असार १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको राष्ट्र बैंकले जनाएको छ।

पौडेलको अनुपस्थितिमा बैंकका सिनियर डेपुटी गभर्नर डा। निलम ढुङ्गाना तिम्सिना बङ्गलादेश भ्रमणमा रहेकाले डेपुटी गभर्नर मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिइएको हो।

राष्ट्र बैंकका अनुसार पौडेलको विदेश भ्रमण अवधिभर मिश्रले राष्ट्र बैंकका नियमित कार्य सम्पादन गर्नेछन्।