Dhulikhel Eco Banner new

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड, बाँकी शेयर लिलामीमा जाने तयारी

2.46K
shares

काठमाडौं, १३ असार । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार १२ गते आफ्ना हकप्रद शेयरको बाँडफाँड गरेको छ। कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको १ बराबर ०.२७ अनुपातको हकप्रद शेयरको बाँडफाँड नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको संयोजनमा गरेको हो।

कम्पनीले वैशाख ४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम रहेका शेयरधनीहरूलाई लक्षित गर्दै प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो। बिक्री अवधिभरमा ३ लाख ९० हजार २५० जना शेयरधनीहरूले रीतपूर्वक आवेदन दिएकामा १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता शेयर बाँडफाँड गरिएको छ।

बाँडफाँडपछि कम्पनीको २ लाख २४ हजार ७२८ कित्ता हकप्रद शेयर बाँकी रहेको छ। कम्पनीले अब उक्त बाँकी रहेको शेयरहरू लिलामी प्रक्रियामार्फत सार्वजनिकरूपमा बिक्री गर्ने तयारी गरेको छ, जसमा इच्छुक लगानीकर्ताले प्रतिस्पर्धात्मक मूल्यमा बोलकबोल गर्न सक्नेछन्।