Dhulikhel Eco Banner new

सामान्य अंकले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.21K
shares

काठमाडौं, १६ असार । स्थानीय बजारमा सोमवार सुनको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ३ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आइतवार प्रतितोला १ लाख ८८ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य सोमवार ३ सयले घटेर तोलामा १ लाख ८८ हजार १ सयमा कायम भएको हो ।

त्यस्तै, सोमवार चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । आइतवार तोलामा २ हजार १४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार बढेर २ हजार १५० रुपैयाँमा कायम भएको छ ।