Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीको लगानीकर्ता बने मालामाल

2.69K
shares

काठमाडौं, १६ असार । सोमवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ११.९९ अंकले बढेर २,६३४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन ६ अर्ब ३८ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशतका दरले बढेको छ ।

यसदिन धौलागिरी लघुवित्तका लगानीकर्ताले ९.८० प्रतिशतका दरले कमाएका छन् भने वीन नेपाल लघुवित्तका लगानीकर्ताले ९.१६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, सिन्धु विकास बैंकका लगानीकर्ताले ७.८१ प्रतिशतका दरले कमाएका छन् भने सप्तकोशी विकास बैंकका लगानीकर्ताले ७.२१ प्रतिशतका दरले कमाएका छन् ।