उच्च अंकले बढ्यो शेयर बजार, शेयर बजारमा २१७ कम्पनीको शेयर मूल्य बढ्यो
वि.सं.२०८२ असार १७ मंगलवार १५:११
2.77K
shares
shares

काठमाडौं, १६ असार । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३१.४४ अंकले बढेर २,६६२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २१७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन ७ अर्ब ३ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.८७ प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, युनिलिभर नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य २.१३ प्रतिशतका दरले गुमाएका छन् ।
















